जापान मा साङ्ग्ले किरा मार्ने मेरो आफ्नै अनुभव
अनलाइन लिंक को लागि पेज को अन्तिम मा हेर्नुहोला।
हामी एउटा चिटिक्क परेको नयाँ कोठा मा ३ लाख भन्दा बढी खर्च गरेर बसाई सर्यौं।हामी बसाइ सर्दाखेरी कोठा मा एउटा पनि साङ्ग्ले किरा थिएन।
हामी एउटा चिटिक्क परेको नयाँ कोठा मा ३ लाख भन्दा बढी खर्च गरेर बसाई सर्यौं।हामी बसाइ सर्दाखेरी कोठा मा एउटा पनि साङ्ग्ले किरा थिएन।
एक दिन को कुरा हो सधैं को जस्तै गरि काममा जानको लागि हतार हतार म ढोका बाट निस्किदै थिए एउटा ठुलो खालको साङ्ग्ले किरा मलाइ झुक्याउदै कोठा भित्र पस्यो मैले त्यसलाई तुरुन्तै मार्न सकेन।
केहि दिन पछि को कोठाभित्र अरु पनी साङ्ग्ले किराहरु देखिन थाले,साङ्ग्ले किरा को गतिबिधि अलि बढ्न थाल्यो, मैले सुरुमा १०० येन सप बाट तिनीहरुलाई मार्ने औषधि किनेर राखे केहि मरे पनि, १-२ दिन को लागि शान्ति भो, तर केहि दिन पछि अझै बढी संख्या मा साङ्ग्ले किरा हरु देखा पर्न थाले, त्यसपछि ड्रग स्टोर बाट मैले औषधि ल्याएर छर्ने काम गर्न थाले केहि संख्या मा मरे पनि केहि दिनपछि दोब्बर संख्या मा कोठा को यत्र तत्र साङ्ग्ले किरा हरु देखिन थाले।
यसले पनि भएन त्यसले पनि भएन भनेर नयाँ नयाँ खालको औषधि हरु ल्याएर मैले तिनीहरु लाइ आक्रमण गर्न थाले भने तिनीहरुले आफ्नो जनसंख्या बढाउदै जान थाले। मैले हजारौ संख्या मा तिनीहरुलाई मारेपनि फ्रिज को पछाडी, वाशिंग मेसिनको पछाडी, किचन को सानो तिनो दुलो हरुमा तिनीहरुको लाखौ संख्या मा साङ्ग्ले किरा हरु जन्माउने फ्याक्ट्री नै संचालन मा रहेछ।
मैले साङ्ग्ले किरा हरु मार्न निम्न प्रकार को औषधि हरु प्रयोग गरे।
१. साङ्ग्ले किरा मार्ने स्प्रे
२. धुलो छर्किने खालको
३. साङ्ग्ले किरा भित्र छिर्यो भने खुट्टा टासिएर मर्ने खालको
४. कोठा भरि धुवाँ परेर २ घण्टा झ्याल ढोका बन्द गरेर आफु बाहिर बस्ने खालको
५. र अन्य जापान मा पाइने विभिन्न खालको
बिचमा नेपाल जाने काम पर्यो नेपाल बाट भारत मा बनेको लक्ष्मण रेखा भन्ने औषधि ल्याए त्यसले पनि काम गरेन।
अब बिकल्प कोठा सर्नु बाहेक केहि छैन जस्तो लागेको थियो।
कोठा सर्न ३-४ लाख लाग्ने हुदा केहि दिन यतै बस्ने निर्णय गरियो।
एक दिन को कुरा हो मेरो श्रीमती ले काम गर्ने ठाउँ मा काम गर्ने एक जना बैनी को कोठा मा पनि साङ्ग्ले किरा ले हैरान परेको रहेछ र त्यो बैनी को साथी ले अनलाइन बाट किने को औषधि ले सबै साङ्ग्ले किरा हरु मरेछ।
त्यो बैनी ले पठाएको औषधि को फोटो खिचेर Aliexpress(Chinese Website) बाट मैले औषधि मगाएर साङ्ग्ले किरा हरु हुने सबै ठाउँ हरुमा छर्केको केहि दिनमै सबै साङ्ग्ले किरा हरु सखाप भयो।
त्यसपछि अहिले कोठामा एउटा पनि साङ्ग्ले किरा छैन।
औषधि प्रयोग गर्ने तरिका
यो औषधि १० पाकेट हुन्छ र धुलो मा हुन्छ साङ्ग्ले किरा हरु हुने ठाउँ मा छर्किनु पर्छ।
औषधि छर्केको दिन मा लगभग सबै साङ्ग्ले किरा हरु मर्ने भएपनि साङ्ग्ले किरा को अण्डा बाट केहि दिनमा नयाँ साङ्ग्ले किरा हरु जन्मिने भएको हुदा केहि दिन बिराएर २-३ पटक गरेर छर्किनु होला।
