जापान मा आफ्नो ग्राहक हरुसंग जुनसुकै जस्तो सुकै अवस्था मा पनि बिनम्र तरिकाले व्यवहार गर्ने गरिन्छ। जापानी शब्द ओमोतेनासी(おもてなし) र यसको प्रयोग अहिले बिस्व मै दिनानुदिन बढ्दै गइरहेको छ।
रेस्टुरेन्ट, कन्बिनी हरु जस्ता ग्राहक संग सम्पर्क हुने क्षेत्र हरुमा यी ८ शब्द हरु को प्रयोग अपरिहार्य मानिन्छ।
रेस्टुरेन्ट, कन्बिनी हरु जस्ता ग्राहक संग सम्पर्क हुने क्षेत्र हरुमा यी ८ शब्द हरु को प्रयोग अपरिहार्य मानिन्छ।
१. いらっしゃいませ
いらっしゃいませ कुनै पनि ग्राहक आफ्नो पसल भित्र प्रवेश गर्दा स्वागत को लागि प्रयोग गरिने शब्द हो। यसको अर्थ स्वागतम। अर्थात, तपाई लाइ हाम्रो पसल मा स्वागत छ भन्ने हुन्छ।
२. はい、かしこまりました
はい、かしこまりました अथवा かしこまりました र わかりました को अर्थ एउटै हो। तर わかりました को अर्थ साधारण बोलीचाली को भाषा मा बुझे भन्ने हुन्छ भने かしこまりました को अर्थ बिनम्र भाषा मा हजुर बुझे भन्ने हुन्छ।
जस्तै: रेस्टुरेन्ट मा ग्राहक ले केहि अर्डर गरेपछि।
३. 少々お待ちください(しょうしょうおまちください)
少々お待ちください अथवा 少々お待ちくださいませ को अर्थ कृपया केहि बेर प्रतिक्षा गरिदिनुहोला भन्ने हुन्छ।
जस्तै: रेस्टुरेन्ट मा खाना को अर्डर लिएपछि।
४. お待たせ致しました(おまたせいたしました)
お待たせ致しました को अर्थ मैले तपाइँ लाइ प्रतिक्षा गर्न लगाएको मा माफी र तपाइँले प्रतीक्षा गर्नु भएकोमा धन्यवाद भन्ने हुन्छ। यसको प्रयोग ग्राहक लाइ केहि कुराको लागि प्रतिक्षा गर्न लगाएर त्यो प्रतिक्षा को घडी सकिने बेला हुन्छ।
जस्तै: रेस्टुरेन्ट मा ग्राहक को टेबल मा खाना पुर्याउदा खेरि।
५. 失礼致します(しつれいいたします)
失礼致します को अर्थ डिस्टर्ब को लागि माफ गर्नुहोला भन्ने हुन्छ। यसको प्रयोग ग्राहक लाइ आफ्नो उपस्थिति जनाउन को लागि गर्ने गरिन्छ।
जस्तै: रेस्टुरेन्ट मा ग्राहक को टेबल मा खाना पुर्याउदा खेरि お待たせ致しました र 失礼致します लाइ संगै प्रयोग गर्न सकिन्छ।
お待たせ致しました、失礼致します संगै भन्दा यसको अर्थ प्रतीक्षा गर्नु भएकोमा धन्यवाद, डिस्टर्ब को लागि माफ गर्नुहोला हुन्छ।
६. 恐れ入ります(おそれいります)
恐れ入ります को अर्थ सहयोग गर्नु भएको मा माफी पाउँ र धन्यवाद भन्ने हुन्छ। एउटै शब्द मा माफी र धन्यवाद को अर्थ भएको हुदा यो शब्द को प्रयोग धेरै गर्ने गरिन्छ।
ग्राहक ले तपाई ले गर्नु पर्ने काम मा केहि सहयोग गर्नु भयो भने यो शब्द को प्रयोग हुन्छ।
जस्तै: रेस्टुरेन्ट मा तपाइले उठाउनु पर्ने भाडा हरु ग्राहक ले तपाइलाई उठाएर दिनुभएको अवस्था मा।
७. 申し訳ございません(もうしわけございません)
申し訳ございません माफी पाउँ भन्ने हुन्छ। साधारण बोलीचाली मा
すみません अथवा ごめんなさい जस्ता शब्द हरु को जस्तै अर्थ भएपनि 申し訳ございません ले विनम्रता पुर्वक माफी पाउँ भन्ने जनाउछ।
यसको प्रयोग आफ्नो तर्फ बाट केहि गल्ति भएको अवस्था मा गरिन्छ।
८. ありがとうございました
धन्यवाद को अर्थ ありがとうございます भएपनि ग्राहक फर्किने बेला हामीलाई सेवा गर्ने मौका दिनुभएको मा धन्यवाद, अथवा पाल्नु भएको मा धन्यवाद भन्न को लागि ありがとうございました भन्ने गरिन्छ।
अहिले भैरहेको कुरा को लागि धन्यवाद दिन ありがとうございます को प्रयोग हुन्छ भने भैसकेको कुरा को लागि धन्यबाद दिन ありがとうございました को प्रयोग हुन्छ।
जस्तै: ग्राहक फर्किने बेला।
भविष्य मा आउने पोस्ट हरुको लागि facebook page like गर्न नछुटाउनुहोला
धन्यबाद!