जापान सरकार ले सन २०१९ अप्रिल देखि जनसंख्या को घट्दो क्रम र त्यसको साना तथा मझौला उद्योग मा परेको पर्त्यक्ष प्रभाव लाइ न्यून पार्न नयाँ व्यवस्था अन्तर्गत Specified Skilled Visa (特定技能資格) भनेर नयाँ निवास योग्यता(Status of Residence 在留資格) को व्यवस्था लागु गरेको छ।
पछिल्लो समय बिद्यार्थी भिसा मा जापान आउने नेपाली को संख्या मा बृदि भए पनि पढाई सकिएपछि को भिसा परिबर्तन गर्न को लागि धेरै समस्या थियो।
नेपाली बिद्यार्थी हरुको
भिसा
नबिकरण
नहुनु
अथवा
वोर्किंग
भिसा
को
परमिट
नपाउने
विभिन्न
कारण
हरु
मध्ये
केहि
निम्न
छन।
१. हप्ता मा २८ घण्टा समय सिमा भित्र काम गर्नु पर्ने मा बढी गरेको देखिएको
२. सेन्मोन गाक्को (Vocational School) मा पढेको र कामको प्रकार नमिलेको
तर अहिले को नयाँ व्यवस्था अनुसार तोकुतेइ गिनोउ सिकाकु पास गरेको खण्ड मा पढेको बिषय र काम को प्रकार नमिले पनि सो पास गरेको उद्योग छेत्रमा काम गर्न पाउने छ।
Specified Skilled Visa (तोकुतेइ गिनोउ भिसा) भनेको के हो र यसले के गर्छ ?
तोकुतेइ गिनोउ भिसा अन्तर्गत नेपाल बाट नै पनि जापानी भाषा र सम्बन्धित उद्योग सम्बन्धि ज्ञान परिक्षा पास गरेर सामान्य लेवर भिसा मा जापान आउन मिल्छ भने
जापान मै रहेका बिद्यार्थी हरुले पनि सम्बन्धित उद्योग सम्बन्धि ज्ञान परिक्षा पास गरि सेन्मोन्न गाक्को मा पढेको बिषय भन्दा फरक उद्योग मा काम गर्न पाउनेछन।
तोकुतेइ गिनोउ भिसा अन्तर्गत निम्न लिखित १४ उद्योग प्रकारहरुमा काम गर्न को लागि जापान सरकार ले भिसा प्रदान गर्दछ।
१. नर्सिङ/केयर टेकिंग Nursing/Care taking
२. भवन सरसफाई Building Cleaning
३. सामग्री उद्योग Material Industry
४. औद्योगिक मशीनरी निर्माण उद्योग Industrial Machinery
Manufacturing Industry
५. बिजुली र इलेक्ट्रोनिक जानकारी सम्बन्धित उद्योग Electrical and Electronic
Information Related Industries
६. निर्माण Construction
७. जहाज निर्माण र समुद्री उद्योग Shipbuilding and Marine Industry
८. गाडी निर्माण Automobile Industry
९. एयरलाइन कम्पनि Aviation
१०. होटेल ब्यबसाय Hotel and Accommodation
११. कृषि Agriculture
१२. माछा उद्योग Fishery
१३. खाद्य र पेयपदार्थ निर्माण उद्योग Food and Beverage Manufacturing Industry
१४. रेस्टुरेन्ट सेवा Food and Restaurant
Service
यो भिसा अन्तर्गत निम्न ९ देश हरु का नागरिक हरुले आवेदन गर्न पाउने छन:
Vietnam, Philippines, Cambodia, China,
Indonesia, Thailand, Myanmar, Nepal, and Mongolia.
तोकुतेइगिनोउ सिकाकुलाई निम्न २ वर्ग मा विभाजित गरिएको छ:
१. तोकुतेइ गिनोउ वर्ग १(特定技能1号)
माथि उल्लिखित १४ उद्योग मध्ये कुनै १ उद्योग क्षेत्र सम्बन्धि सामान्य ज्ञान अथवा अनुभव भएका व्यक्तिको लाग्गी यो वर्ग को व्यवस्था गरिएको हो।
छनौट प्रक्रिया: जापानी भाषा र सम्बन्धित उद्योग सम्बन्धि सामान्य ज्ञान अथवा अनुभव को परिक्षा।
JLPT
४ लेबल को जापानी भाषा र सम्बन्धित उधोग सम्बन्धि सामान्य आवश्यक ज्ञान।
जस अन्तर्गत १ वर्ष, ६ महिना अथवा ४ महिना को भिसा प्रदान हुनेछ र अधिकतम ५ वर्ष सम्म भिसा नबिकरण गर्न सकिनेछ।
Dependent भिसा मा आफ्नो परिवार को सदस्य लाइ जापान ल्याउन पाइने छैन।
१. तोकुतेइ गिनोउ वर्ग २(特定技能२号)
माथि उल्लिखित १४ उद्योग मध्ये निर्माण उद्योग र जहाज निर्माण र समुद्री उद्योग क्षेत्रमा बिशिस्ठ कौशल ज्ञान तथा अनुभव भएका व्यक्तिको लागि यो वर्ग को व्यवस्था गरिएको हो।
छनौट प्रक्रिया: सम्बन्धित उद्योग सम्बन्धि विशिष्ट ज्ञान अथवा अनुभव को परिक्षा।
Note: यो भिसा अन्तर्गत जापानी भाषा को ज्ञान को लेवल तोकिएको छैन तर केहि थोरै कम्पनि बाहेक जापान मा English ले मात्र काम नगर्ने भएकाले जापानी भाषा को ज्ञान आवश्यक पर्न सक्छ।
जस अन्तर्गत ३ वर्ष, १ वर्ष अथवा ६ महिना को भिसा प्रदान हुनेछ र अधिकतम भिसा नबिकरण गर्न सकिने सिमा तोकिएको छैन।
Dependent भिसा मा आफ्नो परिवार को सदस्य लाइ जापान ल्याउन पाइने छ।
यो भिसा प्रकिया अन्तर्गत जापान सरकार को आधिकारिक निकाय को अनुमति बिना कुनै पनि दलाल अथवा अन्य व्यक्तिलाई पैसा दिनु पर्दैन, सचेत रहनु होला।
तोकुतेइ गिनोउ भिसा अन्तर्गत आबेदन गर्न पाउने योग्य व्यक्ति:
A. नेपाल बाट आबेदन गर्दा
१. परिक्षा दिने दिन सम्म १८ वर्ष पुगेको (अधिकतम उमेर सिमा तोकिएको छैन
)
२. राहदानी(Passport) बनाएको
स्कुल कलेज को औपचारिक शिक्षा को आवस्यकता पर्दैन जापानी भाषा र सम्बन्धित उद्योग सम्बन्धि ज्ञान परिक्षा पास गरेमा जोसुकै ले पनि आवेदन गर्न मिल्नेछ।
B. जापान बाट आबेदन गर्दा
१. परिक्षा दिने दिन सम्म १७ बर्ष पुरा भएको
२. राहदानी(Passport) बनाएको
३. निम्न मध्ये कुनैसँग मेल नखाने व्यक्ति:
* जापान मा स्कुल कलेज बीच मै छोडेका अथवा निकालिएका बिद्यार्थी
* लुकेर बसेका प्रशिक्षार्थी कामदार
* रेफ्युजी आवेदन दिएर बसेको व्यक्ति
* जापान मा निम्न अन्य भिसा अन्तर्गत बसोबास गरिरहेका व्यक्ति
१. प्रशिक्षार्थी
२. विशिष्ट गतिविधि (बिदेशी खाना जापान मा अथवा जापानी खाना विदेश मा फैलाउन सहयोग गर्ने व्यक्ति)
३. निर्माण उद्योग मा काम गर्ने व्यक्ति
४. इन्टर्नसिप काम गर्ने व्यक्ति
५. बिदेशी व्यापार को प्रबर्धन गर्ने व्यक्ति
६. व्यापार ब्यबसाय मा संग्लग्न व्यक्ति
आबेदन प्रक्रिया :
१. जापान मा रहेका नेपाली बिद्यार्थी :
जापान मा बसोबास गर्ने नेपालि बिद्यार्थी हरुले माथि उल्लिखित १४ उद्योग प्रकार हरु मध्ये कुनै १ उद्योग छनौट गरि सम्बन्धित
उद्योग मन्त्रालय ले तोकेको समय मा सो उद्योग सम्बन्धि ज्ञान परिक्षा मा भाग लिई परिक्षा पास गर्नु पर्ने छ।
जापान मा
गएको June 24, 27 र 28 मा रेस्टुरेन्ट
सेवा(外食業) अन्तर्गत को दोस्रो चरण को परिक्षा संचालन भएको थियो जसमा परिक्षा मा सामेल हुने १,३६४ जना मध्ये ९८४ जना पास भएका थिए।
तेस्रो चरण
को रेस्टुरेन्ट सेवा(外食業) अन्तर्गत सेप्टेम्बर मा खानाजावा , ताकामाचु र नाहा
त्यस्तै नोवेम्बर मा टोक्यो, साइतामा, नीइगाता, नागोया, हिरोशिमा, कोउबे र कुमामोतो मा परिक्षा संचालन गर्ने योजना प्रकाशित भएको छ।
त्यस्तै खाद्य र पेयपदार्थ निर्माण उद्योग अन्तर्गत तोकुतेइ गिनोउ १ को परिक्षा को जानकारी सेप्टेम्बर महिना मा प्रकाशित हुने छ र त्यसको जानकारी यस वेबसाइट बाट प्राप्त गर्न सकिनेछ।
पास गरे पश्चात सम्बन्धित उद्योग क्षेत्र मा काम को खोजि गरि आफ्नो स्कुल कलेज मा पढेको बिषय भन्दा फरक उद्योग मा पनि भिसा परिबर्तन गर्न सकिनेछ।
२. नेपाल बाट आबेदन गर्न चाहने व्यक्ति :
जापान सरकार ले तोकेको समय मा नेपाल मा परिक्षा दिनु पर्ने छ परिक्षा पास गरे पश्चात जापान मा कामदार खोजिरहेका कम्पनि खोजेर आवेदन दिन सकिनेछ।
नेपाल मा हुने तोकुतेई गिनोउ परिक्षा जानकारी :
२०१९ साल मा नेपाल मा निम्न विधा मा निम्न मितिमा परिक्षा संचालन हुनेछ:
विधा: नर्सिङ/केयर टेकिंग (अन्य विधा को परिक्षा संचालन को बारेमा अहिले केहि जानकारी प्रकाशित भएको छैन)
मिति: October 27 (Sun) and 28 (Mon), November
5(Tue) and 6(Wed)
परिक्षा विवरण:
Source: Ministry of Health, Labor and Welfare, Japan
Caregiving Knowledge and Skill Questions Standard
Nursing care skills evaluation test
Nursing care Japanese language evaluation test
महत्वपुर्ण लिंक हरु
Ministry of Health, Labor and Welfare, JapanCaregiving Knowledge and Skill Questions Standard
Nursing care skills evaluation test
Nursing care Japanese language evaluation test
भविष्य मा आउने पोस्ट हरुको लागि यो facebook page like गर्न नछुटाउनुहोला
धन्यबाद!