Monday, July 29, 2019

जापान को हेरचाह(Care Giving/Nursing)सम्बन्धी जानकारी।

0 comments


Nursing/Care Giving भनेको के हो?


बरिष्ट नागरिक, शारिरिक तथा मानसिक रुप मा पुर्ण रुपमा श्वस्थ नभएका, बिरामी अथवा अशक्त हरुको हेरचाह गरि उनीहरुको जीवन यापन मा सहयोगी को भूमिका निभाउने  काम। 



सामान्य तया के के काम हरु गर्नु पर्छ?


बिहान उठे देखि नुहाइदिने, शौचालय लग्नेखाना खुवाउनेसमय तालिका अनुसार औषधी खुवाउने, मनोरन्जन का क्रियाकलाप गराउने आदी।  

काम गर्ने ठाँउको प्रकार 


१. Nursing Home(老人ホーム)

यो बृद्ध बृद्धा हरुको हेरचाह गर्ने ठॉंउ हो। Nursing Home पनि सरकारी स्वामित्व, प्राइभेट कम्पनी को स्वामित्व जस्ता गरी बिभिन्न प्रकार का हुन्छन भने तिनीहरुमा दिईने सुबिधा पनि फरक फरक हुन्छ।

२. Day Care Facility(デイケア)

Day Care Facility भनेको सामान्यतया घरमा बस्ने बृद्ध बृद्धा  हरु दिनको समय मा यहाँ  गई Rehabilitation(リハビリ)(शरीर लाई मजबुत बनाउने काम) गरी बेलुका घर मै फर्किन्छन। यस मा Day Care Facility सम्म यातायात को व्यवस्था पनि गरिएको हुन्छ।

३. Elderly housing with service(サービス付き高齢者向け住宅)
यस्तो प्रकार को Elderly house मा धेरै बुढो अथवा अशक्त नभएपनि निश्चित रकम तिरेर बस्न मिल्छ भने तिनीहरुलाई विभिन्न प्रकारको सेवा सुविधा हरु दिइएको हुन्छ। यस्तो प्रकार को Elderly house लाइ  हेरचाह गर्ने घर भन्दा पनि बृद्ध बृद्धा हरु बस्ने घर सम्झिदा हुन्छ।

४. Dementia-type group home(認知症型グループホーム)
Dementia(भुल्ने प्रकार को मानशिक रोगी बस्ने घर)

यो भुल्ने प्रकार को मानशिक रोग लागेका बिरामी हरुको हेरचाह गर्ने केयर हाउस हो जसमा केहि जनाको समूह मा त्यस्ता बिरामी हरुलाई राखी उनीहरुको हेरचार गर्ने गरिन्छ।

अन्तमा 

हेरचाह गर्ने काम आफैमा सजिलो काम नभएपनि भाषा को समस्या नभएमा काम गर्न धेरै नै अप्ठ्यारो हुदैन। सुरुमा काम केहि नजानेको भएपनि काम सुरु गरेको केहि महिना जापान मा राम्रो संग काम सिकाउने चलन भएको हुँदा काम सिक्न मा तेती समस्या पर्दैन।

आधुनिक किसिम का केयर सेन्टर हरु मा कोठा को बिभिन्न ठाँउ, बेड आदि मा विभिन्न प्रकार का सेंसर हरु लगाई बृद्ध बृद्धा अथवा हेरचाह गरिरहेको मान्छेको सुतेको या बिउझेको अवस्था, बेड मा छ वा छैन, मुटुको धड्कन, नाडी आदि, अल्ट्रासाउण्ड सेन्सर हरुले दिशा पिशाव को अवस्था जांच,अन्य कम्प्युटर सिस्टम बाट खाना, औषधि को समय को जानकारी, मोबाइल एप अथवा अन्य मोनिटर हरुबाटनै पाउने सुविधा हरु पनि उपलब्ध हुन्छन।

भविष्य मा आउने पोस्ट हरुको लागि यो facebook page like गर्न नछुटाउनुहोला
धन्यबाद!


No comments: