Tuesday, July 30, 2019

केयर गिभिङ्ग सम्बन्धी जापानी भाषा अनलाइन कहाँ बाट पढ्ने?

0 comments

जापान मा केयर गिभिंग सम्बन्धि परिक्षा को तयारी मा हुनुहुन्छ भने यी हुन अनलाइन पढ्न सकिने वेबसाइट हरु। 


१. Nihongo de Care Navi日本語でケアナビ)

Nihongo de Care Navi बिशेष गरि हेरचाह र नर्सिङ्ग को क्षेत्र मा काम गर्ने मान्छे हरुको लागि बनाइएको वेबसाइट हो। यो वेबसाइट मा केयर सम्बन्धि शब्द हरु, कान्जी हरु, वाक्यांश हरु लगायत धेरै नै सामग्री हरु अंग्रेजी र जापानी दुवै भाषा मा बुझ्ने गरि राखिएको छ। 

२. Minato

यो वेबसाइट बिशेह हेरचाह क्षेत्र को लागि नभई जापानी भाषा पढ्न को लागि बनाइएको वेबसाइट हो। यस मा ३ महिना देखि ६ महिना को विभिन्न कोर्स हरु निशुल्क आफ्नो खालि समय मा पढ्न सकिन्छ। 

३. Marugoto Plus

यो वेबसाइट पनि जापानी भाषा तथा सस्कृति मारुगोतो(सबै) पढ्न पाईने वेबसाइट हो। यस मा विभिन्न किसिम का अध्ययन सामग्री तथा अभ्यास सामग्री हरु राखिएको छ। 

४. Anime Manga no Nihongo


यो वेबसाइट मा अनिमे(Animation/Cartoon) र मान्गा(चित्रकथा जस्तै) हेर्दै जापानी भाषा को ज्ञान को स्तर बढाउन सक्नुहुन्छ।

५. जापान फाउन्डेसन ले तयार पारेका एप हरु 


जापान फाउन्डेसन ले विभिन्न किसिम का जापानी भाषा सिक्ने एप हरु तयार परेको छ।  यो लिंक बाट  ति एप हरु डाउनलोड गरि मोबाइल मा जापानी भाषा सिक्न सक्नुहुन्छ।

६. अन्य एप हरु 

Google Play Store अथवा iOS App Store मा विभिन्न एप हरु पाउन सकिन्छ। सम्बन्धित स्टोर मा गई Japanese Language खोज्नु भो भने धेरै एप हरु भेट्न सकिन्छ। ख्याल गर्नु होला धेरै एप हरु निशुल्क भएपनि केहि एप हरु को लागि भने निश्चित रकम तिर्नु पर्ने हुन सक्छ। 

Note: केयर गिभिंग सम्बन्धि परिक्षा मा प्रश्न हरु अंग्रेजी मा पनि उल्था गरिएको
आउने छन(जापानी भाषा परिक्षा बेग्लै पनि संचालन हुने)। केयर गिभिंग सम्बन्धि ज्ञान जता बाट हासिल गरे पनि लगभग उस्तै हुने हुदा अन्य अध्ययन सामग्री हरु बाट पनि अध्ययन गर्न सक्नु हुनेछ।


भविष्य मा आउने पोस्ट हरुको लागि यो facebook page like गर्न नछुटाउनुहोला
धन्यबाद!

No comments: