जापान आइसकेपछी हामी हरुले पहिलो पटक भोग्ने समस्या मध्ये एक पर्छ फोहोर को बर्गिकरण। फोहोर को बर्गीकरण नबुझेर जथाभावी फोहोर फाल्दा कयौं पटक घर बाहिर राखेको फोहोर नउठेको उदाहरण पनि धेरै नै पाइन्छ।
जापान मा फोहोर को बर्गीकरण किन गरिन्छ?
प्राकृतिक स्रोत साधन बाट उत्पादन हुने विभिन्न बस्तुहरु अन्तिम उपभोक्ता कहाँ पुगेपछि फोहोर मा परिणत हुन्छन। हामि ले दैनिक जीवनयापन मा विभिन्न बस्तु हरु को प्रयोग गरेर उत्पादन हुने फोहोर डम्पिङ्ग साइट मा लगेर फाल्दा फेरी पनि प्राकृतिक स्रोत साधन को अत्यधिक मात्रा मा उत्खनन गर्नु पर्ने हुन्छ। केहि मात्रा मा भए पनि प्राकृतिक स्रोत साधन को उत्खनन लाइ कम गर्न फेरी प्रयोग मा ल्याउन सकिने बस्तु हरु लाइ रिसाइकल गरेर प्रयोग गर्न सकिन्छ।
जापान मा अरु धेरै देशहरुमा जस्तो सबै फोहोर लाइ संगै मिसाएर फाल्ने गरिदैन, प्रत्येक परिवार बाट निस्कासन हुने फोहोर लाइ बर्गिकरण गरि तोकिएको फोहोर, तोकिएको दिन मा आफ्नो घर बाहिर तोकिएको ठाँउ मा बिहान ८ बजे भित्र राख्नु पर्ने हुन्छ।
फोहोर को बर्गीकरण गर्ने तरिका
जापान मा फोहोर लाइ धेरै प्रकारमा बर्गिकरण गरेको पाइन्छ। फोहोर को बर्गिकरण सिटि अनुसार फरक फरक हुन्छ। सरकार ले जनता बाट फोहोर संकलन गरे बापत पैसा उठाउन फोहोर फाल्ने प्लास्टिक झोला (गोमिबुकुरोゴミ袋) बेच्ने गर्दछ र जनता हरुले त्यो प्लास्टिक झोला मा राखेर मात्र फोहोर फाल्नु पर्दछ। केहि निशुल्क संकलन गर्ने फोहोर हरु को लागि भने गोमिबुकुरो किन्नु पर्दैन।
रिसाइकल गर्न सकिने फोहोर लाइ रिसाइकल गरिन्छ भने रिसाइकल गर्न नसकिने तर जलाउन सकिने फोहोर लाइ जलाएर खरानी बनाई डम्पिङ्ग साइट मा ब्यबस्थापन गरिन्छ।
जापान मा उत्पादन र बिक्रि हुने सबै समानहरुमा अनिवार्य कुन फोहोर हो भनेर छुट्याउन को लागि सानो चिन्ह(Mark) प्रिन्ट गरिएको हुन्छ त्यसलाई आधार मानि कुन फोहोर हो भनेर सजिलै छुट्याउन सकिन्छ।
१. जलाउन सकिने फोहोर (燃やせるゴミ/可燃ゴミ)
कच्चा फोहोर(भान्सा बाट निस्किने फोहोर आदि), छालाका सामानहरू, जुत्ताहरू, काठका सामानहरू, बच्चा को डाइपर, घाँस अथवा पातहरु, रिसाइकल गर्न नसकिने कागज हरु यो बर्गिकरण भित्र पर्छन।
यस्तो फोहोर लाइ फोहोर संकलन केन्द्र मा लगेर कच्चा फोहोर लाइ छुट्याई मल बनाउन प्रयोग गरिन्छ भने बाकी फोहोर जलाइन्छ।
२ . जलाउन नसकिने फोहोर(燃やせないゴミ/不燃ゴミ)
सिसाका उत्पादनहरू, रबरका उत्पादनहरू, पाइपहरू, धातुहरू, मिश्रित फोहोर (मिश्रित सामग्री जस्तै धातु, प्लास्टिक र सिसा), सीडी, क्यासेट टेप, धारिलो बस्तुहरु(धारिलो बस्तुहरु कागज मा बेरेर फाल्नुपर्छ), छाता आदि पर्छन।
यस्तो फोहोर लाइ फोहोर संकलन केन्द्र मा लगेर जस्तै धातु को प्रकार को आधार मा फोहोर हरु छुट्याई रिसाइकल गरिन्छ।
३. प्लास्टिक (プラスチック)
प्लास्टिक फोहोर भित्र प्लास्टिक झोला, सामान हरु प्याक गरिएको प्लास्टिक लगायत पातलो खालको प्लास्टिक पर्छ। (फोहोर भएको प्लास्टिक लाइ भने जलाउने फोहोर अन्तर्गत छुट्याउनु पर्दछ)।
यस्तो प्लास्टिक हरु बाट hydrocarbon oil, hydrogen gas अथवा fuel gas हरु बनाइन्छ।
४. पेट बोतल (ペットボトル)
विभिन्न पेय पदार्थ बिक्रि हुने पेट बोतल हरु फेरी पनि रिसाइकल गर्न सकिने फोहोर अन्तर्गत पर्दछन। पेट बोतल लाइ फाल्दा बिर्को र बाहिर लगाएको लेवल लाइ निकालेर भित्रि बोतल फोहोर छ भने पानीले पखालेर फाल्नु पर्छ। बिर्को र बाहिर लगाएको लेवल भने प्लास्टिक फोहोर मा फाल्नुपर्छ।
यस्तो फोहोर बाट अण्डा को प्याक, क्लियर फाइल, प्लास्टिक टेप, प्लास्टिक ट्रे इत्यादिहरु बनाइन्छ।
५. कागज का सामान हरु (紙類)
कागज का सामान हरु भित्र कार्डबोर्ड/गत्ता, पत्रपत्रिका, किताबहरु, कागज प्याक(दुधको पाकेट आदि) पर्छन भने तिनीहरु लाइ छुट्टा छुट्टै तोकिएको दिन मा डोरीले बाँधेर फाल्नु पर्छ।
यस्तो फोहोर निम्न कुरा हरु बनाउन प्रयोग गरिन्छ।
कार्डबोर्ड → (सामान्यतया) कार्डबोर्ड
किताब, म्यागजिन → (सामान्यतया) कार्डबोर्ड, चित्र पुस्तक
पत्रपत्रिका→ (सामान्यतया) पत्रपत्रिका, म्यागजिन, प्रिन्ट पेपर
कागज प्याक→ टोइलेट पेपर, टिस्सु पेपर आदि।
६. सिसाका बोतल(びん)
सिसा का बोतल हरु बिर्को निकालेर प्लास्टिक को बिर्को भए प्लास्टिक मा, धातु को बिर्को भए जलाउन नसकिने फोहोर मा फाल्नुपर्छ भने बोतल लाइ केहि बाकस जस्तो भाँडो मा राखेर फाल्नु पर्छ।
यस्ता बोतल हरु निम्न सामान हरु बनाउन प्रयोग गरिन्छ।
खैरो रंग को बोतल → खैरो रंग को बोतल
रंगहीन बोतल → रंगहीन बोतल
अन्य बोतलहरू →घर बनाउदा प्रयोग हुने थर्मल इन्सुलेशन सामग्री
७. क्यान(缶)
क्यान अन्तर्गत विभिन्न पेय अथवा खाद्य पदार्थ आलुमिनियम
अथवा स्टील क्यान हरु पर्छन। क्यान हरु लाइ केहि बाकस जस्तो भाँडो मा राखेर फाल्नु पर्छ।
यस्ता क्यान हरु निम्न समान बनाउन प्रयोग हुन्छन।
आलुमिनियम क्यान→आलुमिनियम क्यान र गाडी का पार्ट हरु
स्टील क्यान→स्टील क्यान, घर निर्माण मा प्रयोग हुने स्टील, फ्रिज, वाशिंग मेसिन आदि।
८. हानिकारक फोहोर(有害ゴミ)
यस्ता फोहोर अन्तर्गत बल्ब, ट्युबलाइट, लाइटर, ब्याट्री आदि पर्छन।
यस्ता फोहोर हरु लाइ टुक्र्याएर धातु, प्लास्टिक आदि छुट्याई रिसाइकल गरिन्छ।
सिटि अनुसार यस्ता फोहोर हरु नजलाउने फोहोर अन्तर्गत पनि राखिएको हुने हुदा आफु बस्ने सिटि को वेबसाइट बाट जानकारी संकलन गर्नु राम्रो हुन्छ।
९. पुरानो कपडा(古布)
प्रयोग गर्न सकिने पुरानो कपडा हरु, गरिब राष्ट्र हरु मा पठाइन्छ भने प्रयोग गर्न नसकिने कपडा हरु कारखाना मा प्रयोग हुने कपडा बनाउन प्रयोग गरिन्छ।
९. अधिकसाइज फोहोर(粗大ゴミ)
विभिन्न प्रकार का फर्निचर हरु, फ्रिज, वाशिंग मेसिन लगायत का घरेलू उपकरण हरु यस्तो फोहोर भित्र पर्छन। यस्ता फोहोर हरु सिटि अफिस को अधिकसाइज फोहोर संकलन केन्द्र मा फोन गरि फोहोर संकलन गरिदिन अनुरोध गर्नु पर्छ भने फोहोर संकलन गरे बापत लाग्ने शुल्क को टिकट टाँसेर घर बाहिर राख्नु पर्छ।
यस्ता फोहोर हरु बर्गीकरण अथवा संकलन सम्न्बंधी नियम सिटि अनुसार फरक फरक हुने गर्दछ। सिटि अफिस मा फोहोर बर्गीकरण एबं संकलन सम्बन्धि सबै विवरण हरु उल्लेख गरिएको क्यालेन्डर पनि पाउन सकिन्छ।
भविष्य मा आउने पोस्ट हरुको लागि यो facebook page like गर्न नछुटाउनुहोला
धन्यबाद!