Sunday, August 4, 2019

जापान मा जागिर को अन्तर्वार्ता(面接) दिने तरिका। Sample सहित।

0 comments
जापान मा जागिर को अन्तर्वार्ता को तयारी गर्दा ध्यान दिनुपर्ने कुराहरु। 

अन्तर्वार्ता को प्रवाह र म्यानर 

अन्तर्वार्ता दिने दिन आफ्नो रिरेकिस्यो(Resume) तयार पारि उपयुक्त पोशाक लगाएर अन्तर्वार्ता हुने समय भन्दा ५ मिनेट पहिले अन्तर्वार्ता हुने स्थान मा पुग्नु पर्छ। कहिलेकाही रेल को कारण ढिला हुन सक्ने हुँदा केहि समय पहिला नै अन्तर्वार्ता हुने स्थानमा पुग्ने गरि जानुपर्छ तर रिसेप्सन मा भने अन्तर्वार्ता हुने समय भन्दा ५ मिनेट पहिले मात्र जाँदा उपयुक्त हुन्छ।

जाडो को समय मा ओवरकोट लगाई राख्नु भएको छ भने अन्तर्वार्ता हुने भवन को गेट मा पुग्ने बेला ओवरकोट खोलेर हात मा समात्नु राम्रो मानिन्छ।

रिसेप्सन मा बोल्ने तरिका

अन्तर्वार्ता हुने समय भन्दा ५ मिनेट पहिले रिसेप्सन मा पुगेर मान्छे छ भने मान्छे संग छैन भने इन्टरफोन बाट फोन गरेर आफ्नो नाम, स्कूल कलेज बाट जादै हुनुहुन्छ भने स्कूल कलेज को नाम, अन्तर्वार्ता लिने मान्छे को नाम थाहा छ भने उसको नाम र तोकिएको समय भनेर अन्तर्वार्ता को लागि आएको भनेर भन्ने।
सुरुमा बोल्ने तरिका :
बिहान ११ बजे सम्म हो भने:おはようございます。
अरु बेला मा : 失礼します。
बोलीचाली मा प्रयोग हुने すみません लाइ प्रयोग नगर्ने।
रिसेप्सन मा भएको मान्छे संग टाउको अलिकति झुकाएर अभिवादन(ओजिगि) गर्दा हुन्छ धेरै झुकाउन आवश्यक छैन। 
आफ्नो कुरा राख्ने तरिका :
सुरुमा बोलिसकेपछि त्यो मान्छे ले आफु तर्फ हेरेपछि मात्र आफ्नो कुरा राख्न सुरु गर्ने।

私、本日の......時......分に面接を予約しておりました、...大学の....と申します。ご担当者の.......様お願いできますでしょうか。

गाक्को अथवा दाइगाकु मा पढ्दै हुनुहुन्छ भने '....だいがくの...ともうします' भन्ने,  हैन भने सिधै '.......ともうします' भन्ने।
रिसेप्सन को मान्छे ले '少々お待ちください' भन्दा '恐れ入ります' भन्यो भने त्यसलाई अझै नम्र मानिन्छ। यसको अर्थ Sorry and Thank you भन्ने हुन्छ।

अन्तर्वार्ताकारलाई अभिबादन गर्ने तरिका

रिसेप्सन मा भएको मान्छे ले तपाइ लाइ अन्तरबार्ता हुने कोठा मा बसेर अन्तर्वार्ताकारलाई पर्खन अनुरोध गर्न सक्छ। त्यस्तो अवस्था मा भद्र तरिकाले बस्नुपर्छ। 
अन्तर्वार्ताकार संग पहिलो पटक भेट हुँदा आफ्नो परिचय दिएर 'よろしくお願いいたします' भन्ने, भनिसकेपछि टाउको तल सम्म झुकाएर अभिवादन गर्ने।

अन्तर्वार्ताकार अन्तरबार्ता हुने कोठामा भएको र तपाइले त्यो कोठामा प्रवेश गर्नु पर्ने भएमा, ढोका मा ३ अथवा ४ चोटी नक नक गर्ने, भित्र बाट 'はいどうぞ' अथवा 'どうぞお入りください' भने पछि बिस्तारै ढोका खोलेर भित्र प्रवेश गरि बिस्तारै ढोका बन्द गर्ने अनि मात्र '失礼いたします' भन्ने। अन्तर्वार्ताकार ले 'おかけになってください' अथवा '座ってください' भनेपछी आफु बस्ने कुर्सि को साइड मा झोला राखेर बस्ने।

आफ्नो परिचय दिने तरिका

हँसिलो अनुहार संगै, अन्तर्वार्ताकार अथवा प्रश्नकर्ता को अनुहार मा हेरेर प्रष्ट संग बोल्नुपर्छ। आफ्नो परिचय दिदा विद्यार्थी जीवन भाग लिएको अतिरिक्त कृयाकलापहरू अथवा आफुले काम गरेको कम्पनि मा आफुले निभाएको महत्वपुर्ण भूमिका को बारेमा छोटकरीमा बर्णन गर्नु उपयुक्त मानिन्छ।
आफ्नो परिचय र आफ्नो PR गरेर ४५ सेकेन्ड देखि १ मिनेट भित्र सकिने गरि २०० देखि ३०० शब्द सम्म तयार पारेर जानु उपयुक्त हुन्छ।
Sample १.
本日は、貴重な時間いただきありがとうございます。
.......大学(専門学校).......学部の.......と申します。

学生時代は、サッカー部での活動に力を入れ、インターカレッジ大会で優勝することを目標に努力していました。

学生時代のチームワークの経験を御社でのあらゆる仕事において成果を出していきたいと考えております。
どうぞ、よろしくお願いいたします。
Sample २.
本日は、貴重な時間いただきありがとうございます。
.......大学(専門学校).......学部の.......と申します。

学生時代は、3年間レストランでキッチンやホールでアルバイトををし、接客の仕事に力を入れ、貴重なお客さんの笑顔を出すために動力をしておりました。
アルバイト時代の経験を御社のあらゆる場面に活かして行きたいと考えております。

अन्तर्वार्तामा सोध्न सकिने प्रश्न हरु Sample

  • विद्यार्थी जीवन मा गरेका कृयाकलापहरू को बारेमा (学生時代一番頑張ったこと)
  • आफ्नो राम्रो पक्ष र नराम्रो पक्ष(長所、短所)
  • अन्तर्वार्ता दिने कम्पनि मा के कुरा मा रुचि छ (弊社のどのようなことに興味があるのか)
  • के कस्ता काम गर्न चाहनुहुन्छ(入社後、どのような仕事をしたいのか)
  • १० वर्ष पछि तपाई आफुलाई कहाँ देख्नुहुन्छ(10年後、何をしていると思うのか)
  • आफ्नो भविष्य को सपना(実現したい夢は何ですか)
  • जापान मा किन आएको(日本で何で来ようと思ったのか)
  • हाम्रो कम्पनि मा काम गर्न चाहेको कारण(希望動機)

अन्तर्वार्ता सकिएपछि

अन्तर्वार्ता सकिएपछि 本日は、貴重な時間をいただきありがとうございました。失礼いたします。भनेर बिस्तारै बाहिर निस्किने।


भविष्य मा आउने पोस्ट हरुको लागि यो facebook page like गर्न नछुटाउनुहोला
धन्यबाद!

No comments: