केहि वर्ष अगाडी सम्म नयाँ कुरा सिक्न अथवा ज्ञान हासिल गर्न कि त शिक्षक को खोजि गर्नु पर्थ्यो भने कि त पुस्तकालय धाउनु पर्दथ्यो। तर अहिले इन्टरनेट को सहायता ले घर मै बसी बसी आफु संग भएको फुर्सद को समय मा विश्व कै उत्कृस्ट विश्वविद्यालय हरु को शिक्षा निशुल्क लिएर आफ्नो ज्ञान को स्तर बढाउन सकिन्छ।
Massive Open Online Courses (MOOCs) भनिने यस्ता कोर्स हरु विभिन्न विश्वविद्यालय हरु ले आफै अथवा अरु अनलाइन शिक्षा प्रदायक हरु संग सहकार्य गरेर फ्री मा इन्टरनेट मा उपलब्ध गराएका हुन्छन।
इन्टरनेट को सहायता ले जो कोहि ले पनि यस्ता कोर्स हरु मा भर्ना भएर आफ्नो आफ्नो ज्ञान को स्तर बढाउन सकिन्छ।
१. MIT OpenCourseWare
यो मासाच्युसेट्स इन्स्टिच्युट्स अफ टेक्नोलोजी Massachusetts Institute of Technology (MIT) ले प्रदान गर्ने अनलाइन कोर्स हरु हो यस मा MIT ले आफ्नो विश्वविद्यालय मा पढाउने कोर्स हरु जो कोहीलाई पढ्न को लागि अनलाइन मा राखेको छ।
यस मा पढ्न को लागि भर्ना हुनु आवश्यक छैन र पढे बापत केहि सर्टिफिकेट पनि मिल्ने छैन भने यो पूर्णतया फ्री हो। इच्छुक जो कोहि ले यो वेबसाइट मा गइ आफुलाई पायक पर्ने समय मा पढ्न सकिन्छ।
२. edx
Harvard University, Oxford University, MIT, University of Tokyo लगायत दर्जनौ विश्व कै उत्कृस्ट विश्वविद्यालय तथा Microsoft, IBM जस्ता कम्पनि हरुले प्रदान गर्ने सयौ कोर्स हरु EDX मा उपलब्ध छन। धेरै जस्तो कोर्स हरु फ्री मा पढ्न मिल्छ भने तेस्ता कोर्स हरु पढेको सर्टिफिकेट चाहिएमा केहि शुल्क बुझाउनु पर्ने हुन्छ।
यस मा पढ्न को लागि यो वेबसाइट मा गएर आफ्नो लग इन ID Password बनाएर पढ्न सकिन्छ।
३. Open Learn(The Open University, UK)
The Open University, UK ले आफ्नो सयौ फ्री कोर्स हरु आफ्नो यो वेबसाइट मा राखेको छ। जो कोहिले पनि लग इन ID Password नबनाईकनै विभिन्न कोर्स हरु पढ्न सकिन्छ। फ्री कोर्स पढे बापत कुनै सर्टिफिकेट भने मिल्ने छैन।
४. Khan Acadamy
Khan Acadamy एउटा यस्तो वेबसाइट हो जहाँ सबै उमेर का मान्छे हरुको लागि फ्री मा शैक्षिक सामग्री हरु उपलब्ध छन। यस मा ग्रेड स्कुल देखि विश्वविद्यालय सम्म का विभिन्न बिषय हरु सजिलै संग उपलब्ध छन।
यो वेबसाइट मा आफ्नो लग इन ID Password बनाएर मन परेको बिषय पढ्न सकिन्छ।
५. Smartly - Free Online MBA & Career Network
Smartly एउटा एप हो जसको सहायता ले फ्री मा MBA अध्ययन गर्न सकिन्छ। यो अप डाउनलोड गरेर आफ्नो ID Password बनाएर फ्री मा MBA अध्ययन गर्न सकिन्छ भने केहि शुल्क तिरेर EMBA पनि गर्न सकिन्छ। यो एप मा MBA को कोर्स एकदमै सजिलो तरिकाले उपलब्ध गराइएको छ।
MBA मात्र नभएर व्यबस्थापन (Management) अध्ययन गर्ने जो कोहीलाई पनि यो एप एकदमै उपयोगी छ।
त्यस्तै विभिन्न निम्न वेबसाइट हरुले पनि विभिन्न विश्वविद्यालय का कोर्स अथवा अन्य थुप्रै कोर्स हरु फ्री मा उपलब्ध गराउछन।
माथि उल्लेखित वेबसाइटहरु बाहेक Apple ko iTunes U, विभिन्न Podcast एप हरु, Youtube, Ted-Ed लगायत वेबसाइट एप हरु बाट पनि ज्ञान बर्धक कुरा हरु को अध्ययन गर्न सकिन्छ।
भविष्य मा आउने पोस्ट हरुको लागि यो facebook page like गर्न नछुटाउनुहोला
धन्यबाद!