Friday, February 23, 2024

सुन्दर अनुहार को लागी गर्नुपर्ने स्किन केयर र अपनाउनु पर्ने जीवनशैली

0 comments


सुन्दर त्वचा को लागी, छालालाइ सफा, नमी, र चमकदार राख्नु आवश्यक छ। त्वचा को स्वास्थ्य र सौन्दर्यका लागि, निम्न कुराहरू आवश्यक पर्छन। 

सुन्दर त्वचा को लागी चाहिने स्किन केयर 

१. Cleansing

दिनको अन्त्यमा, क्लिन्जर प्रयोग गरेर आफ्नो मेकअप हटाएर रातको  स्किन केयर सुरु गर्नुपर्छ। 

क्लिन्जिङले मेकअप लगायत को तैलीय फोहोरहरू हटाउँन मदत गर्छ। बिहान को स्किन केयर को लागि भने सिधै फेस वाश बाट सुरु गर्न सकिन्छ। 

२ . Face wash

अनुहार क्लिन्जिङ गरिसकेपछि फेस वाश ले अनुहार धुनु पर्छ।  फोम भाको फेस वाश प्रयोग गर्दा राम्रो।

फेस वाश ले क्लिन्जर ले हटाउन नसकेका तैलीय फोहोरहरु वाहेक का फोहोर हरु जस्तै मृत कोशिकाहरू आदि हरुलाई हटाउन मदत गर्छ।

३. Toner 

अनुहार राम्रो संग सफा गरिसकेपछि Toner लगाउनु पर्छ। Toner ले छालालाई मोइस्चराइज गर्ने भूमिका खेल्छ।

४. Serum या  Essence 

Serum या  Essence मा moisturizing, whitening, र  anti-aging जस्ता बिशेषता हुन्छन।

५. Emulsion अथवा Cream

Emulsion अथवा Cream ले त्वचामा नमि ल्याउने र वास्फिकरण हुनबाट बचाउछ।


सुन्दर त्वचा को लागी आवश्यक अन्य कुराहरु 

१. पराबैंगनी किरण बाट बच्ने 

पराबैंगनी किरणहरूले छाला सुख्खा हुने, चाया पोतो निम्त्याउछ। सनस्क्रिन अनुहार, घांटी, हात आदि मा राम्रो संग लगाउनु पर्छ।

२. प्रशस्त पानि पाउने 

दिन को १.५ लिटर भन्दा बढी पानि पिउनु उत्तम मानिन्छ। एक चोटीमा १ गिलास (करिब २०० मिलि) पानी, दिनको ६-८ पटक सम्म पिउदा फाइदाजनक हुन्छ।

३. चिसो खाने कुरा धेरै नखाने 

चिसो खाने कुरा धेरै खादा छाला सुक्खा हुने सम्भावना हुन्छ।

४. तातोपानी ले अनुहार नधुने 

३७ देखि ४० डिग्री सम्मको पानि ले अनुहार धुँदा छाला बिग्रिने सुक्खा हुने सम्भावना हुन्छ।

छालामा भएको तैलिय पदार्थ लगभग ३० डिग्रीमा पग्लन्छ, त्यसैले ३०-३२ डिग्री जतिको मनतातो पानी प्रयोग गर्नु राम्रो मानिन्छ। 

५. छाला लाइ जोर ले नरगड्ने 

छाला लाइ जोर ले रगड़ने एवं स्क्रब भएको फेस वाश प्रयोग गर्नु हुदैन। जसले छाला लाइ बिगार्ने र सुक्खा बनाउछ।

६. व्यायाम 

हल्का व्यायाम जस्तै स्ट्रेचिङ, हिंड्ने वा जगिङले शरीरलाई न्यानो बनाउँछ र रक्तसञ्चारमा सुधार गर्छ। सुधारिएको रक्त प्रवाहले पोषक तत्व र अक्सिजनलाई सम्पूर्ण शरीरमा यात्रा गर्न अनुमति दिन्छ र सुन्दर त्वचा बनाउन मद्दत गर्छ।

७. पर्याप्त निद्रा

स्वस्थ छालाको लागि पर्याप्त निद्रा आवश्यक छ।  छालाको पुनरुत्थानलाई बढावा दिने ग्रोथ हार्मोन सुतेको बेलामा सक्रिय हुने हुदा सुन्दर त्वचा को लागि पर्याप्त निद्रा अपरिहार्य मानिन्छ। 


सुन्दर त्वचा को लागी चाहिने पोषक तत्वहरू

सुन्दर त्वचा को लागी दिन को तिन पटक प्रोटिन, भिटामिन एवं जिङ्क उपलब्ध हुने पौष्टिक तत्वहरु प्राप्त हुने खानेकुरा हरु खानु पर्छ।

१. शरीर कोशिकाहरू सिर्जना गर्न प्रोटिन : मासु, माछा, अन्डा, भटमास 

२. छालाको स्वास्थ्य कायम राख्न 

भिटामिन A: कलेजो, अण्डा, गाजर, हरिया सागपात(पालुंगो), ब्रोक्कोली, सखरखंड, फर्सी, सुन्तला 

भिटामिन B२ : कलेजो, इल, अण्डा, नात्तो, दहि, सामोन माछा, च्याउ, बदाम, एभोकाडो

भिटामिन B६ : माछा, केरा, ओट मिल, पोर्क, नट हरु 

३. कोलाजेन उत्पादन गर्न मद्दत गर्ने,  मेलानिनको  उत्पादन रोक्न:

भिटामिन C: सुन्तला, स्ट्रबेरी, कागती, किवी, ब्रोक्कोली

भिटामिन E: बदाम, एभोकाडो, सूर्यमुखीको बीउ, मूंगफली

४. मेटाबोलिज्मलाई बलियो बनाउन:

जिंक : ओइस्टर, इल माछा, पोर्क, अनार सिफुड 



No comments: